काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेकी छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग् जोडिएको उनको टिप्पणी छ । पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकरु रुष्ट छन् । जसकारण पनि सरकारको बिरोध भइरहेको छ ।
उनले भनिन्, ‘आज भोलि झ्याप झ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?’
सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस्