Skip to content
Shikhar Insurance
National Life

जलविद्युत आयोजनाको आईपीओ स्वीकृत गर्न सेबोनले बार्गेनिङ गरिरहेको माओवादी केन्द्रको आरोप

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत आयोजनासम्बन्धी आईपीओ स्वीकृत गर्न कमिसन मागिरहेको आरोप लगाएका छन् । बुधबारको संसद बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाएका हुन् ।

बोर्डले साना आयोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गरिरहेको उनको आरोप छ । उनले बोर्डले कमिसन मागिरहेकै कारण १००९।५२ मेगावाट क्षमताका ४३ जलविद्युत् आयोजनाका ८९ कम्पनीको ५६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको आईपीओ अनुमति २२ महिनादेखि रोकिएको उल्लेख गरे ।

उनले सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादनको लक्ष्य र बोर्डले गरिरहेको रबैयाबीच विरोधाभास रहेको उल्लेख गर्दै तत्काल छानबिनको माग गरे ।

उनले भने, ‘धितोपप बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ गर्‍यो । यो निकै गम्भिर र दु:खदायी कुरा हो । म यसका लागि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य छ, अर्कोतिर सरकारकै निकायहरुको यो प्रकारको रबैया छ ।’

बोर्डले कमिसन मागिरेको विषयमा छानविन गर्न सरकारलाई रुलिङ गर्न सभामुखसँग आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्