Shikhar Insurance
National Life

गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको मनिस झाको दाबी, ‘सरकार नाम र पैसा कुरेर बसेको छ’

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार १६:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिस झाले गभर्नर नियुक्ति बिचौलियाले गर्न लागेको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै झाले बिचौलियाबाट पैसा उठाएर गभेनर पद बिक्रीमा राखेको बताएका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै नेता झाले भने, “धितोपत्र बोर्डमा थाहा पाइहाल्यौं कुन बिचौलिया घरानाबाट नाम आयो भनेर भर्खरै बीमा प्राधिकरणको नियुक्ति पनि हेरिहाल्यौं । म चुनौति दिएर भन्न चाहान्छु । चुनौति नै दिन चाहान्छु । फ्री कम्पिटिसनबाट आउनेवाला छैन । यदि यJ क्वालिफकेशन यो योग्याता इन्टरनेश्नल एक्सपोजर भनेर हुँदैन । कुन बिचौलियाले कति पैसा दिन्छ । कस्को नाम पठाउँछ भनेर कुरेर बस्नु भएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

धितोपत्र बोर्ड अध्यक्षमा पाँच अर्ब रुपैयाँ भन्दा बढी रकमको चलखेल भएको आरोप लाग्ने गरेको छ । जवाफमा अर्थमन्त्री पौडेलले कुनै प्रतिकृया जनाउन अस्वीकार गरे । मन्त्री पौडेलले भने, “सासंदहरुले यस्ता मनोगत कुराहरु बोल्दा विचार गर्नुपर्छ, यी आरोप पुष्टी गर्न म चुनौति समेत दिन चाहान्छु।”

यसअघि मंगलबार (फागुन २७ गते) प्रतिनिधि सभामा संबोधन गर्दै गगन थापाले गभर्नर नियुक्तिलाई नजिकबाट नियालीरहेको बताएका थिए । उनले भनेका छन्, “सरकारले कानुनहरु निर्माण गर्दै गर्दा त्यसको लाभ सबैले लिनुपर्छ, त्यो लाभ सिमित व्यक्ति र समहुले मात्रै लिनु हुँदैन । सरकारका निर्णयहरप्रति पटक-पटक प्रश्न उठेको छ । अस्ति माननिय उपप्रधानमन्त्री ज्यू (विष्णुप्रसाद पौडेल)ले एउटा जिम्मा लिएर भन्नु भएको छ तर जिम्मा लिदै गर्दा एउटा कुराको ख्याल गर्नुपर्छ । संसदले पनि हेरिरहेको हुन्छ हामी सबैले हेरिरहेका हुन्छौं, हामी गभर्नरको नियुक्ति नजिकबाट हेरिहेका हुन्छौं, आइजीपीको नियुक्ति नजिकबाट हेरिरहेका हुन्छौं । को व्यक्ति भयो को व्यक्ति भएन यति सानो मुलुक छ सबैलाई थाहा हुन्छ ।”

यसैगरी, नियुक्तिको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाईको सरकारलाई बिचौलियाले कब्जा गरेको दाबी गरेका थिए । अध्यक्ष दाहालले भनेका छन्, “अहिले सरकारमा बसेका साथिहरुले बडो घमण्ड गरेको देख्छु, सरकारले यो गर्यो, त्यो गर्यो भनेर । मैले त्यति बेला भनेको थिए, अहिले पनि जोड दिएर भन्छु, सरकारको दुई तिहाईको घोडा मन्त्री र प्रधानमन्त्रीले चलाएको मैले देखेको छैन्, त्यो घोडा बिचौलियाहरुले चलाएका छन् । तपाईहरुले गर्ने नियुक्ती, तपाईहरुले गर्ने सेटिङ, तपाईहरुले गरेको देख्दिन । त्यो बिचौलियाहरुले गरेका छन् । बिचौलियाहरुले गरेको निर्णय अनुसार हुने गरेको देखेको छु । म चुनौतीका साथ भन्न चाहान्छु, पछिल्ला आठ महिनामा एउटै नियुक्ती र एउटै नीति मलाई भनिदिनुस्, जसका पछाडी बिचौलिया छैन् । जम्मा एउटा उदाहरण दिए पनि हुन्छ । तपाईहरुका बैठक, समिति र संयन्त्रहरु नाटक जस्ता मात्रै देखिन्छन् । सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ । मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने व्याख्या मैले पहिले नै गरिसकेको छु । सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन् । बिचौलियाको आँट र भरोसाले नै आज इमान्दार व्यवसायीलाई बिचलित बनाएको छ । भोली तपाईहरु नै बिचलित हुनु हुनेछ ।”

‘केपी ओलीले भ्रष्टाचार गर्ने/नगर्ने विषयको निर्क्योल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिले गर्छ’-मनिस झा

बिचौलियाहरुले दुई तिहाईको सरकार कब्जा गरे: प्रचण्ड

गभर्नर नियुक्तिमा काँग्रेसको चासो, गगन थापाले अर्थमन्त्रीलाई भने-‘गभर्नरको नियुक्ति नजिकबाट हेरिरहेका छौं’

 

GBIME

प्रतिक्रिया दिनुहोस्