Skip to content
Shikhar Insurance
National Life

कुलिङ पिरियडमा भएको चलखेल क्षम्य छैन : शेखर कोईराला

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा।शेखर कोईरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य गर्न लायक नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले राजनीति गर्ने नभइ गन्धा खेल खेल्ने काम भइरहेको बताए । संसदको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभइ अक्षम्य अपराध भएको जानकारी दिए ।

गलत काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे । कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कुटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानूनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी व्यवस्था गरीएको छ । यसको चौतर्फि आलोचना भइरहेको छ ।

सांसद कोईरालाले राजनीति गर्ने क्रममा निष्ठावान हुन जरुरी रहेको बताए । अहिले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थालाई ठिक बनाउन राजनीति नै सबैको गुरु भएको जानकारी दिए । नेपालका राजनीतिज्ञहरु नै ठिक नभएको बताउँदै राजनीति ठिक हुनु जरुरी रहेको बताए ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE