Shikhar Insurance
National Life

मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ७, बुधबार १०:५६
Hyundai
NCELL
NIMB

एजेन्सी । गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ । जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ । तथ्याङ्क विभाग मलेसियाले जीवित जन्म संख्यामा आएको कमीसँगै जनसंख्या वृद्धि दरमा पनि गिरावट आएको छ ।

कुल जनसंख्यामा ३०।८ मिलियन (९०.१ प्रतिशत) नागरिक र ३४ मिलियन (९.९ प्रतिशत) गैर–नागरिकहरू छन् । पुरुष जनसंख्या २०२३ को चौथो त्रैमासिकमा १७।७ मिलियनबाट बढेर १८ मिलियन पुगेको छ । जबकि महिलाहरूको जनसंख्या १६ मिलियनबाट बढेर १६।२ मिलियन पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चौथो त्रैमासिकमा जातीय मलेसियालीहरू जनसंख्याको ५८.१ प्रतिशत थिए । जुन एक वर्ष अघिको ५८ प्रतिशतबाट थोरै बढेको थियो । सोही अवधिमा भारतीयहरूको संख्या ६.६ प्रतिशतबाट घटेर ६.५ प्रतिशतमा झरेको छ भने चिनियाँहरूको संख्या २२.४ प्रतिशतमा अपरिवर्तित रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्