काठमाडौं । माईखोला हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद सेयर जारी गर्न सहमति पाएको छ । कम्पनीले आयोगबाट हाल कायम चुक्तापुँजीको १:१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने सहमति पाएको हो ।
कम्पनीको चुक्तापुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ । कम्पनीले अब चुक्तापुँजी बराबरकै हकप्रद सेयर ल्याउनेछ । हकप्रद सेयर जारी गर्न अब कम्पनीले धितोपत्र बोर्डबाटमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्