Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउने सहकार्य

सिंहदरबार संवाददाता
२०८१ माघ २०, आईतवार १८:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्ने सम्झौता भएको छ ।

बैंक र डोल्मा कन्सल्टेन्सीबीच भएको सम्झौता पश्चात बैंकले ऋण असुली सम्बन्धी कानुनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुसँग बैङ्गिग सवलीकरण लागी सहकार्य गर्दै आएको छ । अनुभवी स्वदेशी तथा विदेशी विज्ञहरुद्धारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा ब्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने बैंकले विश्वास लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ँमहालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्