काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ५४ करोड २८ लाख रुपैयाँ, सञ्चालन मुनाफा २ अर्ब ५ करोड ७८ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ ।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ५३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा १ खर्ब ६९ अर्ब ६५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ६१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
त्यसैगरी, बैंकको बेस रेट ६.५२, सीडी रेसियो ८४.७६, एनपीएल ४.५९ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ५६.२० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्