Skip to content
Shikhar Insurance
National Life

हिल्टन होटलमा माछापुच्छ्र्रे बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले जगदम्बा हस्पिटालिटि ग्रुप लिमिटेड, डि.बि.ए. हिल्टन होटल, काठमाडौंसँग साझेदारी गरेको छ ।

यस सहकार्य अन्तर्गत, माछापुच्छ्र्रे बैंकका खातावाला ग्राहकहरु, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन कार्डवाहक ग्राहकहरु, स्मार्ट युजरहरु र माछापुच्छ्रे बैंकका कर्मचारीहरुलाई हिल्टन होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरूले हिल्टन होटलमा खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्