Skip to content
Shikhar Insurance
National Life

माछापुच्छ्र्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सहज बनाउने सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ । बैंकले विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यले सो सम्झौता गरेकोे हो ।

माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन के.सीको समुपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेत स्थित अल मुजैनि एक्चेन्ज का महाप्रवन्धक Mr. Hugh Fernandes ले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन् ।

कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेत का अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेत स्थित विभिन्न नेपाली संघ संस्था का प्रतिनिधि हरु एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्