काठमाडौं । नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले जारी पूँजीको ४८.९९९८ प्रतिशत आइपीओ निष्कासन गर्न अनुमति पाएको हो।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता आइपीओ आयोजन प्राभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्