Skip to content
Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले पुरर्याइ सकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रममा पुन: तेश्रो पटक यस बैंककाे लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही कामी रिता शेपा लाई हस्तान्तरण गरे ।

उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१औं आरोहण गर्न लागेको जानकारी दिइन् । उनको यस साहसिक कार्यले लुम्बिनी विकास बैंक लि. लाई गौरवान्वित बनाएको बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्