काठमाडौं । २०८२ जेठ १४ गतेअघि आर्थिक ऐन-२०८२ ले विद्युतिय गाडीमा कर बढाउन सक्ने भन्दै अधिकाँस इभी व्यवसायीहरुले ठूलो संख्यामा गाडी आयात गरे । आर्थिक ऐन २०८१ ले झै कर बढाउन सक्ने भन्दै अधिकांस इभी आयातकर्ताहरुले ५ हजार भन्दा बढी इभी भन्सार जाँचपास गराए ।
आर्थिक ऐनबाट इभी गाडीमा कर वृद्धि नभएपछि व्यवसायीहरुको ठूलो पुँजी फसेको छ । जेठ १४ गते राती हुने कर दर हेरफेरको सूचना सिमित व्यवासयीहरुले मात्रै लिएको तथ्यांकबाट अनुमान गर्न सकिन्छ । किनभने सबैभन्दा धेरै इभी गाडी बिक्री गर्ने साइमेक्स इंक प्रालीले थोरै मात्रै गाडी जाँचपास गरेको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार गत आर्थिक वर्ष बीवाईडी बिक्री गर्ने साइमेक्स इंकले १४ सय ९८ वटा गाडी स्टक गरेको थियो । तर यो पटक भने ४५० वटा मात्रै गाडी स्टक गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३५३५ वटा गाडी आयात गरेको तथ्यांक छ ।
स्रोतका अनुसार कम्पनीले अर्थ मन्त्रालयबाट पहिले नै सूचना प्राप्त गरेपछि कम मात्रै गाडी आयात गरेको हो । विद्युतिय गाडीमा कर नबढ्ने सूचना केहि कम्पनीहरुलाई अग्रिम रुपमा पुगेको देखिएको छ । अर्थ मन्त्रालयले केहि व्यवसायीहरुलाई सुचना उपलब्ध गराएको स्पष्ट आधार भेटिएको हो ।
शारदा ग्रुपले बिक्री गर्ने ओमोडा र जेको गाडी निकै कम मात्रै आयात भएको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार जेठ १४ अघि ओमोडा गाडी ४३ र जेको गाडी ७ वटा मात्रै छुटाएको देखिन्छ ।
इभी आयातकर्ता मध्ये सबैभन्दा धेरै गाडी पारामाउण्ट मोटरले आयात गरेको छ । कम्पनीले बजेटअघि ६ सय ७६ वटा एमजी वटा गाडी आयात गरेको थियो । यस्तै बैशाख महिनामा पनि कम्पनीले ३ सय ७६ वटा गाडी आयात गरेको थियो । २ महिनाको बिचमा कम्पनीले १ हजार ५२ वटा गाडी आयात भएको देखिन्छ । भन्सार विभागको तथ्यांक अनुसार कर बढ्छ भनेर सबै भन्दा धेरै गाडी छुटेको एमजी गाडी हो ।
यो कम्पनीले गतवर्ष ८ सय ९६ वटा गाडी आयात गरेको थियो । दोस्रो धेरै कार आयातकर्तामा सिप्रदी ट्रेडिङ प्राली रहेको छ । यो कम्पनीले बजेटबाट कर बढ्न सक्ने भन्दै ६ सय ३५ वटा इभी गाडी भन्सार जाँचपास गराएको थियो । कम्पनीले बैशाख महिनामा पनि २०१ वटा गाडी छुटाएको थियो ।
धेरै गाडी आयात गर्नेमा लक्ष्मी इन्टरकन्टिनेन्टल पनि परेको छ । कम्पनीले बजेटअघि ४ सय ५० वटा गाडी आयात गरेको थियो । कम्पनीले काइयी ब्राण्डको इभी पनि १ सय भन्दा बढी आयात गरेको छ । एमएडब्लुले बिक्री गर्दै आएको डोङफेङ इभी पनि अधिक आयात भएको छ । कम्पनीले बजेटअघि ४१६ वटा गाडी भन्सार जाँचपास गराएको छ ।
कम्पनीले गतवर्ष ३५४ वटा गाडी आयात गरेको थियो । सोहि कम्पनीले बिक्री गर्ने डीपल ब्राण्डको गाडी २६५ वटा आयात भएको छ । कम्पनीले गतवर्ष ७०० वटा गाडी आयात गरेको थियो ।
यस्तै, सांग्रिला मोटरले आयात गर्ने लिफमोटर २६५ वटा आयात भएको छ । गतवर्ष कम्पनीले १ सय २२ वटा गाडी आयात गरेको थियो । यसैगरी, जिएसी गाडी १४४ वटा गाडी आयात गरेको छ । गतवर्ष कम्पनीले १ सय ५४ वटा गाडी आयात गरेको छ । जगदम्बा अटोमोबाइल प्रालीले बिक्री गर्ने प्रोटोन गाडी १०० वटा आयात भएको छ ।
कम्पनीले बैशाख महिनामा ५० वटा गाडी आयात गरेको थियो । जेएम इभीले पनि कर बढ्न सक्ने भन्दै २ महिनाको बिचमा १५० वटा गाडी आयात भएको थियो । सिट्रोन गाडी बजेटअघि ४६ वटा आयात भएको छ । जीकर २७, भोल्ट १४, आइएम६ १०, डायुन ३०, स्काइवेल ७७, एक्सपेङ ५४, सेरेस ३४, महिन्द्रा २९, टोयोटा ३२ निशान ७, मारुती १९० वटा आयात भएका छन् । बजेटमा करको लाभ उठाउने भन्दै ठूलो संख्यामा गाडी आयात गरेका कम्पनीहरुको ठूलो पुँजी फसेको छ । एक अटो व्यवसायीले भने, “अर्थ मन्त्रालयले सिमित व्यवसायीका लागि सूचना दिएर हामीलाई फसायो यदि एउटा गाडी ६ महिना बढी पाल्नु पर्यो भने खर्च २ लाख भन्दा बढी हुन आउँछ ।”
प्रतिक्रिया दिनुहोस्