कठमाडौं । नव वर्ष २०८२ को अवसरमा, सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले ‘LIGHT UP WITH NEW Cooking Experience’ नामक विशेष अभियानको शुभारम्भ गरेको छ । यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
उक्त अभियानको उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु हो । कम्पनीका अनुसार एलिकाका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उत्कृष्ट प्रदर्शन र दीर्घकालीन टिकाउपनको सुनिश्चितता प्रदान गर्छन् ।
यस अभियान अन्तर्गत, ग्राहकहरूले एलिका का किचन उपकरणहरू जस्तै कुकटपरहब, कुकिङ रेन्ज, बिल्ट-इन ओभनरमाइक्रोवेभ, र चिम्नी खरिद गर्दा नि:शुल्क CG Electric Kettle प्राप्त गर्न सक्नेछन् । यो अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र आनन्ददायी बनाउने कम्पनीले जनाएको छ ।
ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, नि:शुल्क डेलिभरी, ० प्रतिशत EMI, र नि:शुल्क जडानको सुविधा उपलब्ध गराएको छ। साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको छ ।
क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्ने पनि कम्पनीले जानकारी दिएको छ । सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्