काठमाडौं । चालु आर्थिक वर्ष ०८१/०८२ को जेठमसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५४ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेको छन् । नेपाल बीमा प्राधिकरणले असार १५ गते सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
चालु आवको जेठमसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ११ महिनासम्मा ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
धेरै बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिमा १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, ११ महिनासम्ममा एलआइसी नेपाल इन्स्योरेन्सले १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरि तेस्रो स्थानमा पर्ने सफल भएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
११ महिनामा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको छ भने एशियन लाइफ इन्स्योरेन्सले ७ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी, मेट लाइफले ५ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । ११ महिनासम्ममा आइएमई लाइफले ४ अर्ब ७२ करोड रुपैयाँ संकलन गर्दा सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको छ ।
जेठमसान्तसम्ममा रिलायबल नेपालले ४ अर्ब ५५ करोड रुपैयाँ आर्जन गर्दा सिटिजन्स लाइफले ६ अर्ब ३२ करोड रुपैयाँ आर्जन गरेको छ ।
साथै, ११ महिनासम्मा सानीमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्