Shikhar Insurance
National Life

साउन १ गतेदेखि सातै प्रदेशमा लाइसेन्स छपाई सुरु

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २०, मंगलवार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । आगामी साउन १ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई गर्न सबै प्रदेश सरकार तयार भएका छन् ।

यातायात व्यवस्था विभागले हालसम्म छपाई गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाई गर्ने र आगामी बैशाख १ गतेदेखि साउन १ गते सम्ममा सबै प्रदेशले सवारी चालक अनुमति पत्रको छपाई गर्ने गरि निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात सम्वद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकले सो निर्णय गरेको हो । सबै प्रदेशबाट जारी हुने सवारी चालक अनुमति पत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले राईड शेयरीङ्लाई व्यवस्थित गर्न र प्रदेशहरु विच नीतिगत समन्वय गरि एकरुपता गर्न प्रदेश सरकारको सहभागीतमा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्वन्धित प्रदेशले लागु गर्ने निर्णय गरेको छ ।

यसैगरी, यातायात क्षेत्रमा हुने भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र आगामी चैत मशान्त भित्र सबै प्रदेशबाट विद्युतीय भुक्तानी प्रणाली शुरु गर्ने निर्णय भएको छ ।

प्रारम्भमा विद्युतीय सवारी चालक अनुमति पत्र–‘ईडीएल’ मा यो लागु हुने र क्रमश भुक्तानीका सवै क्षेत्रमा लागु गर्ने निर्णय भएको हो । विभिन्न महत्त्वपूर्ण विषयहरुमा निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

बैठकले अघिल्लो वैठकका निर्णयहरुको समिक्षा गरेको थियो भने पछिल्लो बैठकका निर्णय कार्यान्वयनको पनि नियमित समिक्षा हुने जनाएको छ । सवारी चालक अनुमति छपाई प्रदेशबाटै गर्नुका साथै ईम्बोष्ड नम्बर जडानलाई तिव्रता दिन समेत प्रदेशका मन्त्री तथा सचिवहरुले प्रतिवद्धता जनाए ।

यातायात व्यवस्थापनमा संघीयताको अभ्यास

समितिको बैठकले गरेका निर्णयहरुसँगै यातायात क्षेत्रमा संघीयता कार्यान्वयनले गति लिने भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा दर्विलो हुन प्रदेश मन्त्रीहरुलाई आग्रह समेत गरे ।

प्रदेशले पाएका अधिकार कार्यान्वयनमा संघीय मन्त्रालयले सधै सहयोग गर्ने भन्दै उनले राजश्वमा वृद्धी हुने, नागरिकलाई छरितो रुपमा सेवा प्रवाह हुने जस्ता विषयको कार्यान्वयनलाई प्राथमिकता दिन समेत आग्रह गरे ।

यस्तै, मन्त्रालयका सचिव केशवकुमार शर्माले बैठकले गरेका निर्णयहरुको कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको भन्दै यातायात व्यवस्था विभागले समेत प्राविधिक सहयोग गर्ने बताए ।

त्यसैगरी, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सवारी चालक अनुमति पत्र छपाई, वितरण, ईम्बोष्ड नम्बर जडान, व्लुबुकको डिजिटलाईजेसन, विद्युतीय भुक्तानी लगायत आवश्यक विषयमा सहयोग हुँदै आएको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्