काठमाडौं । आर्थिक वर्षको माघमसान्तसम्म जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को सात महिनामा १४ जीवन बीमा कम्पनीका ६२ हजार ५ सय २३ बीमितले ८ अर्ब ५९ करोड २ लाख २ हजारको बीमा सरेण्डर गरेका हुन् ।
पोलिसी सरेन्डर धेरै हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआइसी परेको छ । नेपाल बीमा प्राधिरकणको तथ्याङ्क अनुसार एलआइसीको २ अर्ब ५९ करोड ७९ लाख ३ हजार रुपैयाँ बराबरको १५ हजार ३ सय ६२ वटा बीमा पोलिसी सरेण्डर भएको छ ।
यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीको ७८ करोड ६४ लाख ४८ हजार बराबरको ८ हजार ४ सय ९१ वटा बीमालेख सरेण्डर भएको छ ।
मेट लाइफको २४ करोड १२ लाख रुपैयाँ बराबरको २ हजार ९५ वटा बीमा सरेण्डर भएका छन् भने सानीमा रिलायन्स इन्स्योरेन्सको १५ करोड ३६ लाख रुपैयाँ बराबरको १ हजार ७७ वटा बीमा सरेण्डर भएको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको बीमा सरेण्डर ५४ करोड १९ लाख बराबरको ५ हजार १ सय ११ रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको ५५ करोड १५ लाख बराबरको ३ हजार ७ सय २० वटा बीमालेख सरेण्डर भएको छ ।
नेपाल लाइफको २ अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको १४ हजार २५ बीमितले बीमालेख सरेण्डरगरेका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ४६ करोड ९९ लाख रुपैयाँ बराबरको ३ हजार ४ सय ८६ वटा बीमालेख बन्द भएको छ ।
हिमालयन लाइफको ३७ करोड ८१ लाख रुपैयाँ बराबरको ४ हजार १ सय ३७ वटा बीमालेख सरेण्डर भएका छन् भने आइएमई लाइफ इन्स्योरेन्सको १२ करोड ३१ लाख रुपैयाँ बराबरको १ हजार ७३ वटा सरेण्डर भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ९१ लाख रुपैयाँ बराबरको १ हजार ६ सय ६० वटा सरेण्डर भएको छ भने प्रभू महालक्ष्मी लाइफको १२ करोड ४६ लाख रुपैयाँ बराबरको ८ सय ८२ वटा बीमालेख सरेण्डर भएको छ । रिलायबल लाइफ इन्स्योरेन्सको ६ करोड ४३ लाख रुपैयाँ बराबरको ९ सय ६५ वटा बीमा सरेण्डर भएको छ ।
साथै, सन नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५५ लाख रुपैयाँ बराबर ४ सय ४३ वटा बीमा सरेण्डर भएको छ ।
प्रतिक्रिया दिनुहोस्