काठमाडौं । हामीले विगत ४० वर्षदेखि एलजीलाई नेपालमा पस्किने कोसिस गरिरहेका छौँ । ४० वर्ष पुगेको उपलक्ष्यमा ग्राहकहरुलाई राम्रो स्किम दिऔँ भनेर कुनै प्रोडक्ट खरिदमा ४० प्रतिशतसम्मको क्यासब्याक, पहिलाको तुलनमा ४० प्रतिशतसम्मको छुट र हात खाली नजाने गिफ्टहरु हामीले प्रदान गरेका छौँ ।
यो स्किममा चाहिँ के छ, भने टिभी र अडियो सिस्टमहरुमा चाहिँ म्याक्सिमम् ४० प्रतिशतको क्यासब्याक दिएका छौँ । एसीमा फ्री इन्सुलेसन गरेका छौँ । प्रत्येक एसी किन्दा प्राइज राम्रो हुनुका साथै इन्सुलेसन पनि फ्री गरेका छौँ ।
त्यसैगरी, हामीले रेफ्रिजेनेटर किन्ने ग्राहकलाई प्राइज घटाउँनुको साथ साथै एउटा एयरफायर गिफ्ट गरेका छौँ । डबल डट किन्ने कस्टुमरलाई मिक्सर फ्री, कुकर फ्री, भ्याकुम फ्री छ ।
त्यसैगरी, हामीले भ्याकुम क्लिनर किन्नेलाई हामीले क्यासब्याक गरेका छौँ । डिसवासर किन्नेलाई क्साब्याक प्लस डिसवासरमा प्रयोग हुने ट्याबेट दिन्छौँ । वासिङ मेसिन किन्नेलाई ६ केजिसम्मको सरफ फ्री गरेका छौँ ।
माइक्रो ओभन किन्नेलाई कुकिङ किट फ्री गरेका छौँ । यो पनि राम्रो क्वालिटीको हुन्छ । घरमा कहाँबाट समान ल्याएर पकाउँने जस्ता झन्झटबाट मुक्त बनाउँन हामीले ल्याएका छौँ । कुकिङ किटमा पनि कस्टुमरले इन्जोय गर्न सक्छन् । ७ वटा बास्केट प्रोडक्ट छ । एउटा टिभी, रेफ्रिजेनेटर, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर र अडियो सिस्टम रहेको छ ।
प्रोडक्ट क्याटोगोरीमा हामीसँग एउटा अडियो भिडियो प्रोडक्ट हुन्छ । जस्मा चाहिँ टिभी अडियो सिस्टमहरु, भिडियो सिस्टमहरु पर्छ । टिभीमा पनि फरक-फरक क्याटोगोरीहरु हुन्छ । साइजको हिसाबले हामीसँग ८६ इन्चदेखि ३२ इन्चसम्मको टिभि छ । वासिङ मेसिनमा हामीसँग २१ सयदेखिको क्यापासिटीको वासिङ मेसिन छ ।
रेफ्रिजेनेटमा हामीसँग ६ सय लिटरदेखि १९० लिटरसम्मको क्यापासिटी रहेको छ । एसीमा चाहिँ भीआरएफ, क्यासेरेसि र नर्मर गरी ३ क्याटागोरीको एसी रहेको छ । त्यस्तै, अर्को माइक्रोओभनमा ३२ लिटरदेखि २१ लिटरसम्मको माइक्रो ओभन छ । त्यस्तै, भ्याकुम क्लिनरमा २१ सय वाट, १८ सय वाटसम्मको भ्याकुम क्लिनरहरु छन् ।
हामीसँग अधिकांश प्रोडक्टको ग्यारेन्टी १० वर्ष दिएका छौँ । जस्तै, हामीले टिभीमा फुल ग्यारेन्टी २ वर्षको दिएका छौँ । रेफ्रिजेनेटरमा हामीले १० वर्ष दिएका छौँ । वासिङ मेसिनमा पनि १० वर्ष वारेन्टी छ । मेजर प्रोडक्टहरुमा १० वर्षको वारेन्टी दिएका छौँ ।
एलजी ‘लाइफ गुड’ भन्ने एउटा स्लोगन नै छ । यो प्रोडक्ट युज गरेपछि मान्छेको जीवनस्थर एकस्टेप माथि उठ्छ । एलजीले नयाँ-नयाँ इनोभेसनहरु गरिरहेको हुन्छ । जुन इनोभेसनहरुको टेक्नोलोजी चाहिँ नेपाली कस्टुमरहरुको जीवनस्तरलाई पनि माथि लैजाऔँ भन्ने हाम्रो धारणा हो ।
वाइफाइबाट कनेक्ट गरेर हामीले थिंक यु प्रयोग गर्न सक्छौँ । जसमार्फत हामीले घरमा भएको फ्रिज, एसी, जेनेरेटर यहिबाट कन्ट्रोल गर्न सक्छौँ । एलजीले मान्छेको लाइफलाई इजी बनाइरहेको छ । अहिले हामीले बजारमा वाइफाइबाट चल्ने माइक्रो ओभन ल्याएका छौँ ।
त्यसमा मैले मोवाइलबाट कमाण्ड गरेर यो कुरा बनाउँ भनेपछि माइक्रोओभनले अटोमेटिक्ली बनाएर हामीलाई दिन्छ । हाम्रो प्रोडक्टलाई नेपाली बजारमा कस्टुमरले एकदमै धेरै माया गरिदिनु भएको छ । पूर्वदेखि पश्चिमसम्मको मार्केटमा हाम्रो प्रोडक्ट उपलब्ध छ । ६ सय भन्दा बढी हाम्रो डिलर नेटको सपहरु छन् ।
कस्टुमरले सबै प्रोडक्टहरु त्यहीबाट पाउँन सक्नु हुन्छ । एलजी प्रोडक्टमा समस्या नै आउँदैन र आइहाल्यो भने पनि २४ घण्टाभित्र हामी त्यो समस्याको समाधान गर्छौ । ग्राहकहरुले नहिच्किचाइकन एलजीका प्रोडक्टहरु प्रयोग गर्न प्रोत्साहन गरिरहेका हुन्छौँ । एलजीले विश्वको नयाँ-नयाँ टेक्नोलोजीलाई एडप्ट गरेर नेपाली बजारमा ल्याइरहेका हुन्छौँ । कस्टुमरहरुबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेका छौँ ।
मोटामोटी हाम्रो नेपाली मार्केटमा सेयर भनेको ४१ प्रतिशत माथि छ । इएमआईमा चाहिँ हाम्रो एउटा बैंक थ्रु हुन्छ । यसमा ब्याजदर ० प्रतिशत नै हुन्छ । कुनै पनि चार्ज लाग्दैन । क्रेडिट कार्ड नभएका सबै कस्टुमरहरुलाई पनि समेट्नका लागि हामीले जगदम्बा फाइनान्ससँग पनि सरल किस्ता बन्दी प्रोग्राम पनि गरेका छौँ ।
त्यसमा केही प्रोसेसहरु पुरा गरेपछि हाम्रा प्रोडक्टहरु किस्ताबन्दीमा लिन सक्नु हुन्छ । बैंकसँग गर्दा चाहिँ ० प्रतिशत नै डाउन पेमेन्ट छ र फाइनान्स कम्पनीसँग गर्दा चाहिँ ३० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्ने हुन्छ । एक वर्षसम्म किस्ता बन्दीमा पाउँछन् ।
(सिजी इलेक्ट्रोनिक्सका नेश्नल सेल्स हेड पुरुषोत्तम भण्डारीसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्