काठमाडौं । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले मझौला उद्योग व्यवसायीहरुको ब्याज र हर्जाना छुट गरिदन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारसँग उनीहरुको ब्याज र हर्जाना छुट गरिदिन माग गरेका हुन् ।
उनले देशभरमा रहेका मझौला उद्योगहरु अहिले धेरै मारमा रहेको र सरकारले मिटरब्याज भन्दा पनि बढी हर्जाना तिराएको बताए । हर्जाना र ब्याज तिर्न नसक्दा अहिलेसम्म १७ जना मझौला उद्योग व्यवसायीहरुले आत्महत्या गरेको बताए ।
उनले भने, ‘देशभरमा रहेका मझौला उद्योगहरु, इँट्टाभट्टा लगायतका धेरै उद्योगहरु अहिले धेरै मारमा छन् । उहाँहरुलाई मिटरब्याज भन्दा पनि बढी सरकारले हर्जाना र जरिबाना, यि दुई वटा करले गर्दा उनीहरु कर तिर्न नसक्ने अवस्था छ । राज्यलाई पनि खर्बौं रुपैयाँ राजश्व उठ्ने कुरा वञ्चित भइरहेको छ । धेरै उद्योगपतिहरु: मझौला उद्योग गर्ने १७ जनाले आत्महत्या गरेका छन् । कम सेकम सरकारले हर्जाना र व्याज छुट गरिदिने हो भने राजश्व पनि धेरै उठ्ने, करदातहरुले कर पनि तिर्नसक्ने र उद्योगहरु पनि सञ्चालन हुनसक्ने भएकाले सरकारसँग यो बजेटमा यो हर्जाना र ब्याज छुट गरिदिन आग्रह गर्दछु ।’
सांसद तिमल्सेनाले सरकारले हर्जाना र व्याज छुट गर्नसके धेरै राजश्व उठ्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्