काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग राखेका हुन् ।
उनले नेपालमा मलको माग ११ देखि १३ मेट्रिक टनसम्म भएपनि सरकारले चार मेट्रिक टन मात्र आयात गर्न सकेको उल्लेख गरे । उनले किसानलाई धान रोप्ने समयमा मलको आपूर्ति गर्न सरकार गम्भिर बन्नुपर्ने बताए ।
धान रोप्ने समयमा किसानलाई पर्याप्त मात्रामा मल उत्पादन गर्न नसके धान उत्पादनमा ह्रास आउने भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्