काठमाडौं । सरकारले आगामी वर्ष सबै प्रदेशमा श्रम मेला गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष सबै प्रदेशमा श्रम मेला चलाइने बताएका हुन् ।
उनकाअनुसार सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ । उनकाअनुसार निजी क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने बताए । सबै किसिमका भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरिएको बताउँदै आगामी आवको बजेटमा रोजगार पोर्टल सञ्चालन गर्ने घोषणा गरे ।
उनले थप द्विपक्षीय श्रम सम्झौता र महिलाको कार्यस्थल सुरक्षा सुनिश्चितता गर्न थप सम्झौता गरिने, सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सहजता सुनिश्चित गर्न कदम चाल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्