Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको चौबीसौं वार्षिक साधारण सभा सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले चौबीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आ.ब. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८०/८१ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पास गरेको छ ।

सभाले आ.ब.२०८१/८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता समेत बैंकले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्