काठमाडौं । कुमारी बैंकले ‘फोन पे’ सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । बैंककले फोन पे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिने भएकाले सूचारु गरेको हो ।
भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाईलबाट सुचारु गर्न सकिने बैकले जानकारी दिएको छ ।
फोन पेको क्यूआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरुले अधिकतम ४५ दिन सम्म बिना ब्याज (शर्तहरु लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन ।
प्रतिक्रिया दिनुहोस्