Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकका ग्राहक गोकुल थापा ‘भिसा अभियान’ मा विजेता घोषित

Hyundai
NCELL
NIMB

काठमाडौं । भिसाले सञ्चालन गरेको ‘Dashain Campaign 2024’ अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरि विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि बिजेता भएका छन् ।

भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा बिजेता छानिएको थियो । बिजेताहरुले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फि हवाई टिकट प्राप्त गरेका छन् ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्