नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले पदबाट बर्खास्तीमा परेपछि आज आफ्ना धारणा सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो कार्यकालमा भएका काम र सरकारले पदबाट हटाउन लगाएको आरोपबारे आफ्नो धारण सार्बजनीक गरे ।
उक्त पत्रकार सम्मेलनमा घिसिङले राजनीतिमा आउनसक्ने केही संकेत गरेता पनि खुलाएर राजनीतिमा आउने वा नआउने भन्ने बताएनन् । राजनितिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा कूटनीतिक जवाफ दिँदै घिसिङले भने ‘एउटा जिम्मेवार नागरिकको हैसियतबाट कुनै पनि जिम्मेवारी लिन म तयार छु ।’
आगामी दिनमा समेत आफूमाथि प्रहार भइरहनसक्ने बताउँदै घिसिङले त्यसबारे सतर्क र सजग रहेको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्