Skip to content
Shikhar Insurance
National Life

१५ गतेको लुटपाटबाट कोटेश्वर भाटभटेनीको ८० लाख ३३ हजारको क्षति

Hyundai
NCELL
NIMB

काठमाडौं । राजावादीहरुले चैत १५ गते गरेको लुटपाटबाट कोटेश्वर भाटभटेनीको ८० लाख ३३ हजार १९२ रुपैयाँको क्षति भएको छ । कम्पनीले भवन क्षति सामाग्रीहरु चोरीको विवरण तयार गरी सार्वजनिक गरेको हो ।

कम्पनीको विवरण अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँको मदिरा, तरकारी, लत्ता कपडा, फलफुल, भाडाकुडाको चोरी भएको जनाएको छ । यस्तै, ११ लाख ८५ हजार ८५५ रुपैयाँ बराबरको भवनमा क्षति भएको छ । २ लाख ६५ हजार रुपैयाँ बराबरको फ्रीज र शो केसहरु तोडफोड भएको छ । यसैगरी, ९४ हजार रुपैयाँ बराबर नगद नै चोरी भएको छ ।

भाटभटेनीमा भएको चोरीको भिडियोहरु सामाजिक संजालमा भाइरल बनिरहेको छ । लुटेराहरुले हामा लत्ता कपडा, रक्सीका बोत्तल बोकेर भागिरहेको भिडियो तथा फोटोहरु भाइरल बनिरहेका छन् ।

चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा शान्तीपुर्ण प्रर्दशन गर्ने भनेर सरकारसँग अनुमति लिएको थियो । तर राजावादीहरु उत्तेजित हुँदै निजी क्षेत्रको व्यापार व्यावसाय घर भवन सरकारी कार्यलाय, पार्टी कार्यालय जडिबुट्टी कारखाना मिडिया हाउसहरुमा समेत आक्रमण गरेका थिए । सो दिनको हिंसामा परि २ जनाले ज्यान गुमाएका थिए । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्