रुपन्देही । रुपन्देहीको बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा एक आमासहित दुई बच्चाको बिभत्स हत्या भएको हो ।
बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सूजन कोईरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले बताएको छ ।
हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्