काठमाडौं । नेपाल धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावर कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्कासनको लागि अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १:१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ ।
कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ बराबर ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्