एजेन्सी । भारतको केरला राज्य सरकारले एक दिनअघि दक्षिणी तटमा डुबेको ‘जोखिमयुक्त’ कार्गो बोकेको कन्टेनर जहाजबाट तेल चुहावट रोक्न सोमबार भारतीय तटरक्षकले आफ्नो प्रयासलाई निरन्तरता दिएका छन् ।
लाइबेरियाली झण्डा बाहक १८४ मिटर (६०३ फिट) लामो मालवाहक जहाज ९एमएससी ईएलएसए ३० आइतबार केरलाको सामुद्रिक तटमा दुर्घटनाग्रस्त भएको थियो। उक्त जहाजमा ६४० कन्टेनर थिएभने जसमध्ये १३ वटा जीवनका लागि हानिकारक मानिने कार्गो र १२ वटा क्याल्सियम कार्बाइड थिए । उक्त जहाजमा करिब ३७० टन इन्धन र तेल पनि थियो ।
केरला सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तट रक्षकले दुई जहाजको प्रयोग गरेर तेल फैलन नदिने प्रयास गरिरहेका छन् । ‘डोर्नियर विमान प्रयोग गरेर तेल नष्ट गर्न धुलो छर्किने काम भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
भारतीय रक्षा मन्त्रालयले कोचीबाट करिब ३८ नटिकल माइल दक्षिणपश्चिममा आएको बाढीका कारण जहाज डुबेको थियो । जहाज डुबेका कारण केरलाको तटीय क्षेत्रमा यसबाट पर्नसक्ने संवेदनशील सामुद्रिक पारिस्थतिक प्रणालीप्रति चिन्ता व्यक्त गरिएको छ ।
सरकारले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ र मानिसहरूलाई कुनै पनि कन्टेनरलाई नछुन वा सम्पर्क नगर्न चेतावनी दिएको छ । भारतीय बन्दरगाह भिझिन्जम र कोचीको बीचमा यात्रा गरिरहेको उक्त जहाज शनिबार डुबेको हो ।
प्रतिक्रिया दिनुहोस्