Skip to content
Shikhar Insurance
National Life

स्वास्थ्य, शुद्धता र प्रविधिको सन्देशसहित केन्टको नयाँ वर्ष अफर सार्वजनिक

Hyundai
NCELL
NIMB

काठमाडौं । सिजी इलेकट्रोनिक्स अन्तर्गत केन्ट ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘Start a new year with PROMISE OF 100% PURE WATER’ अभियानको शुभारम्भ गरेको घोषणा गरेको छ । यस अभियानले ग्राहकहरूलाई KENT Mineral RO Water Purifier मा आकर्षक अफर र विशेष उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने कम्पनीले जनाएको छ ।

KENT का उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्, जसले शुद्ध पानीको आपूर्ति, ऊर्जा बचत, र दीर्घकालिक टिकाउपनको ग्यारेन्टी प्रदान गर्छ । यस अभियान अन्तर्गत, ग्राहकहरूले KENT Mineral RO Water Purifier खरिद गर्दा निःशुल्क CG Electric Kettle प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

यो विशेष अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र स्वस्थ बनाउन योगदान पुर्याउनेछ । साथै, KENT का वाटर प्युरिफायरहरूले अत्याधुनिक मल्टिपल प्युरिफिकेशन प्रोसेस, शून्य पानीको बर्बादी, १००% शुद्ध पानी, आवश्यक मिनरल्सलाई कायम राख्ने प्रविधि, र UV LED टेक्नोलोजी जस्ता विशेषताहरू प्रदान गर्दछ, जसले पानीको गुणस्तर र प्रयोगकर्ताको स्वास्थ्यमा उच्च स्तरको सुरक्षा सुनिश्चित गर्दछ ।

कम्पनीका अनुसारग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १२ महिनाको वारेन्टी, निःशुल्क डेलिभरी, ० प्रतिशत EMI, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन् ।

सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। KENT जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्