Skip to content
Shikhar Insurance
National Life

चल्ला बेचेर वार्षिक ३ लाख आर्जन गर्दै कैलालीकी कमला

Hyundai
NCELL
NIMB

कैलाली । बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेकी छिन । दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेकी हुन् ।

पटक–पटक गरी २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरेकाे बताइन् । हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको जनले जानकारी दिइन् । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले बताइन् ।

उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताइन् । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उहाँ सुझाउनुहुन्छ । सहकारीको सहयोगको पनि उनले सराहना गरिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE