Skip to content
Shikhar Insurance
National Life

झापा आन्तरिक राजस्व कार्यालयले उठायाे १० महिनामा साढे दुई अर्ब बढी राजस्व

Hyundai
NCELL
NIMB

झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ६१ करोड ६६ लाख १० हजार राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो । गत आवमारु दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले राससलाई जानकारी दिए । चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य रहेको उनले सुनाए ।

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए । कार्यालयले १० महिनामा आयकरबाट १ अर्ब १६ करोड नौ लाख, ब्याजबापत आठ करोड ६५ हजार, मूल्य अभिवृद्धि करबापत  ८६ करोड ५४ लाख ९७ हजार, अन्त:शुल्कबापत रु ४७ करोड ४६ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ ।

‘कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानूनी कारबाही हुने गरेको छ’, प्रमुख कर अधिकृत काफ्लेले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्