Skip to content
Shikhar Insurance
National Life

मन्त्री दाहालसँग जापानी राजदूतको भेट, नेपालमा लगानी गर्न आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि जापानी राजदूत माएदा तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द दाहालसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार मन्त्रालयमा उनीहरुबीच भएको भेटमा द्विपक्षिय विभिन्न विषयमा कुराकानी भएको हो ।

जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्दै उनले नेपालसँग जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरुमा भौतिक पूर्वाधार विकास, मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, वातावरण संरक्षण, संस्कृति लगायत रहेको जनाए ।

‘भूकम्प लगायत प्राकृतिक विपत्तिहरुमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयहरुबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ । नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिई आएको छ’ भेटमा मन्त्री दाहालले भने, ‘हामी पूर्वाधार विकास, औद्योगिक विकास, कृषि, जलविद्युत लगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं ।’

नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ । जापानले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान दिँदै आएको छ ।

यस अवसरमा दुवै मुलुकबाट विगतमा भएका उच्चस्तरका भ्रमणहरुको स्मरण गर्न गरिएको थियो । समय–समयमा हुने द्विपक्षीय भ्रमणहरु नेपाल र जापानबीच रहिआएको अति सौहार्दपूर्ण सम्बन्धमा कोसेढुङ्गाको रुपमा रहिरहने मन्त्री दाहालले विश्वास व्यक्त गरे ।

मन्त्री दाहालले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए । उनले जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गर्दै नेपाल उनीहरूको लगानीको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

आगामी वर्ष २०२६ कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव रहेको र त्यही वर्ष नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने मन्त्री दाहालले उल्लेख गरे । मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजना अन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीहरुलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

जापान कोलम्बो योजनामा सामेल भएदेखि जापान सरकारले नेपाली विद्यार्थीहरुलाई प्राविधिक तालिम दिन थालेको छ । त्यस प्रकारका सहयोगका लागि मन्त्री दाहालले जापान सरकारलाई आभार प्रकट गरे । नागढुंगा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार भएकोमा उनले खुसी व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्