काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का उप महासचिव जनार्दन शर्माले गभर्नर नियुक्त गर्न नसक्ने अवस्था किन आयो भन्दै प्रश्न गरेका छन् । संसदको शुन्य समयमा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका शर्माले सरकारलाई सोधे–‘गभर्नर नियुक्त गर्न नसक्ने अवस्था किन आयो ? सरकारलाई मेरो प्रश्न छ ।’
नेता शर्माले पछिल्लो समय सरकारले नागरिकका कुरै सुन्न छाडेको आरोप पनि लगाए ।
शुन्य समयमा उठेका प्रश्नहरुको गम्भिर जवाफ दिनका लागि सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने माग पनि राखे । नागरिकका प्रश्न दु:खहरु सरकारले सुन्नै छाडेको आरोप पनि लगाए ।
‘म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, कि शून्य समय शून्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु,’ पूर्व मन्त्री शर्माले भने ।
प्रतिक्रिया दिनुहोस्