Skip to content
Shikhar Insurance
National Life

‘बजेट असमानताको खाडलबाट उक्सिनसक्ने दस्तावेज बन्नुपर्छ’ जनार्दन शर्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेरमात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन् ।

उनले आगामी बजेट आम्दानी र खर्चको फाँटमात्र नभएर देशको समृद्धिको असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि उठाउने उद्देश्यमुलक दस्तावेजको रुपमा प्रश्तुत हुने अपेक्षा रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बजेटमा चालु खर्च ६५ प्रतिशतलाई ३५ प्रतिशतमा झार्नेगरि आएमा आफूहरुको पूर्ण समर्थन रहने बताउँदै राजश्व १० खर्बको वरिपरिमात्र रहेको तर तानतुन गरेर दुई चार खर्ब थपेर बजेट बनाउँदा जनअपेक्षा पूरा नहुने बताउनु भयो । साथै उहाँले आर्थिक पुनर्संरचना आवश्यक रहेको बताए ।

उनले भने, ‘मन्त्रीज्युको इच्छा आकांक्षा त पक्कै छ नै गर्नुहुन्छ नै । तर, हाम्रो कर्मचारी तन्त्रले सबै बन्द गरिसक्यो । माननीयज्यूहरुले आज राखेका भनाईहरुलाई बजेटपछिपनि यही स्तरमा सुन्न चाहन्छु । बजेटलाई एउटा आम्दानी खर्चको फाँटवारीमात्र नभएर हामीले एउटा देशको समृद्धिको सामाजिक न्यायको र असमानताकाृ खाडलबाट उक्सिन नसकेका जनतालाई माथि ल्याउने एउटा उद्देश्यमुलक दस्तावेजको रुपमा प्रस्तुत हुनेछ भन्ने विश्वास लिन चाहन्छु । बजेट बनाउँदा जनअपेक्षा पूरागर्ने स्रोत हामीसँग छैन । त्यो स्रोत कहाँबाट ल्याउने ? बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ । १७ प्रतिशत मात्र पुँजीगत खर्च हो त्यो पनि खर्च हुँदैन । त्यसकारण त्यो ६५ लाई ३५ मा झार्नेगरि ल्याउनुस् हाम्रो समर्थन रहनेछ । त्यसका लागि संरचनागत पुर्नसंरचना हो । चाहे राजनीतिक र प्रशसनिक क्षेत्रको हाम्रो आजको खर्च घटाउनुपर्छ । त्यसबाटमात्र बजेट बनाउनसक्नु हुन्छ । अन्यथा १० खर्बको वरीपरिमात्र आउँदैछ राजश्व ।’

उनले जनजीविकाका सवालमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार हुन नसक्दा जनतामा निराशा भएकोले जनताको निशारा चिर्ने गरि अघि बढ्न सुझाव दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्