Skip to content
Shikhar Insurance
National Life

१८१.७३ प्रतिशतले बढ्यो जय हरि एग्रोको व्यापार, एक वर्षमा १ अर्ब २३ करोडको कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । जय हरि एग्रो कम्पनीको व्यापारमा उछाल आएको छ । कम्पनीले सन् २०२४ मा हालसम्मकै उच्च व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब २३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । जुन गत आवको तुलनामा १८१.७३ प्रतिशतले बढी हो । सन् २०२३ मा कम्पनीले ४३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ मा ४५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

रुपन्देहीमा सन् २००८ मा स्थापना भएको कम्पनीले राइस मिल सञ्चालन गरी विभिन्न प्रकारका चामल बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग प्रतिघण्टा १२ मेट्रिक टन उत्पादन क्षमता रहेको छ । त्यस्तै, कम्पनीले लङ ग्रेन राइस र स्टिम राइस विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको चामल नेपालको मुख्य शहर काठमाडौं, चितवन, झापा, मोरङ, दाङमा विक्री वितरण गर्दै आएको छ । कम्पनीले बेहुली, नाती-नातिनी, बुढाबुढी र दैलो ब्रान्डको चामल बेच्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्