काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद विराजभक्त श्रेष्ठले सरकराले सेटिङमा गर्भनर नियुक्त गर्न लागेको बताएका छन् । आइतबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सासंद श्रेष्ठले सेटिङमा गभर्नर नियुक्ति गर्न लागेको बताएका हुन् ।
उनले फेसफुकमा लेखेका छन्, ‘यही हो सुशासन ??? सेटिङको सिण्डिकेटले अब राष्ट्र बैंक पनि कब्जा गर्दै छ भन्ने सुन्दै छौं। अलिकति बाँकी रहेको जनताको भरोसा पनि चकनाचुर हुन्छ! सुन्दै छौं — राजेन्द्र किशोर क्षेत्री, अर्को गभर्नर सेटिङमा बन्दै छन्! यो सुशासन होइन — यो त सत्ता र सिण्डिकेटको नांगो साँठगाँठ हो! देशको आर्थिक मेरुदण्डमाथि यस्तो खेलवाड जनताले कहिल्यै स्वीकार्दैनन्।’
राष्ट्र बैंक ऐनमा नै गभर्नर नियुक्तिको विषयमा स्पष्ट उल्लेख गरेको छ । गभर्नरको अवधि सकिनु एक महिना अगावै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था भएपनि हालसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । गभर्नर नियुक्तिको विषयमा सरकारले भ्रष्टाचार गर्न खोजेको भन्दै रास्वपाकै नेता मनिष झा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, नेपाली काँग्रेसकै नेता शेखर कोइरालाले सार्वजनिक रुपममा नै अभिव्यक्ति दिइसेका छन् । राष्ट्र बैंकको गभर्नर चैत २४ गतेदेखि खाली रहेको छ ।
गभर्नर नियुक्तीमा नयाँ ट्विस्ट: योग्यहरु सबै अयोग्य, रातारात बदलियो मापदण्ड २०७३
गभर्नर नियुक्तिमा ओली–देउवा ‘टसल’, के-के भयो चैत १८ गते राति बालुवाटारमा ?
गभर्नर नियुक्तिमा बिचौलियाहरुको चलखेल बढिरहेको छ, सरकार सचेत होस्: डा. शेखर कोइराला
गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको मनिस झाको दाबी, ‘सरकार नाम र पैसा कुरेर बसेको छ’
प्रतिक्रिया दिनुहोस्