Skip to content
Shikhar Insurance
National Life

वैदेशिक रोजगारको बाध्यात्मक अवस्था अन्त्य गर्न आन्तरिक रोजगारको प्रवर्द्धन गर्न जरुरी : श्रममन्त्री भण्डारी

Hyundai
NCELL
NIMB

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । मन्त्रालयमा मंगलबार वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरी बसेका उद्यमी, व्यवसायीहरुलाई राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको आर्थिक गतिविधिको आधार मान्दै आएको पनि बताए । उनले वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवर्द्धन गर्नेकुरालाई ध्यान दिएर आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रुपमा मनाउने निर्णय गरिएको बताए । रोजगारको आवश्यकताअनुसारको सीपको व्यवस्था गर्न निजी क्षेत्रलाई समेत समेटेर सरकार अघि बढेको जानकारी दिए ।

मन्त्री भण्डारीले विदेशबाट फर्किएका नागरिकको सीप र पुँजीलाई प्रयोग गरेर देशलाई समृद्ध बनाउनेतर्फ सरकार अघि बढेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE