Shikhar Insurance
National Life

मुलुकमा आशा र विश्वास जगाउन आवश्यक छ : अध्यक्ष राई

सिंहदरबार संवाददाता
२०८१ माघ १८, शुक्रबार १६:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकमा आशा र विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता रहेको बताउँदै यसमा प्रतिपक्ष र पक्ष नभनि जिम्मेवार हुनुपर्ने जनाए । उनले यसमा सांसद र राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘मुलुकमा आशा र विश्वास जगाउनुपर्ने ज्यादै गम्भीर आवश्यकता छ । जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता छ । त्यसमा के पक्ष, के प्रतिपक्ष रु हामी सबै जिम्मेवार दलहरुले, सांसदहरुले गम्भीरतापूर्वक काम गर्नुपर्नेछ । यस्ता खालका व्यवहार गर्नाले जनताको विश्वास हामीमाथि समाप्त हुन्छ, अविश्वास बढ्छ, निराशा बढ्छ । त्यसले कसैलाई पनि फाइदा गर्दैन ।’

उनले जनताको विश्वास आर्जन गर्नेकुरामा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्