Shikhar Insurance
National Life

‘रोजगारदाता र श्रमिकबिचमा सुमधुर सम्बन्ध हुनु जरुरी छ’-अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २७, मंगलवार ०९:४३
Hyundai
NCELL
NIMB

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु पर्ने बताका छन् ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहआयोजना एवं सहयोगमा काठमाडौंमा शुरु भएको दुई दिने ५औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटनका अवसरमा बोल्दै उहाँले रोजगारी सिर्जना र लगानीकर्ताहरुलाई आकर्षित गर्न राजनीतिक र नीतिगत स्थिरता आवश्यक रहेका बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष ढकालले नेपालमा श्रम शक्तिको उपयोग गर्नका लागि सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोग गर्नु पर्नेमा जोड दिए ।

“एकातर्फ नेपाली श्रमशक्तिले नेपालमै रोजगारीका पर्याप्त अवसरहरु पाइरहेका छैनन् भने अर्कोतर्फ नेपाली रोजगारदाताले आफुले खोजेजस्तो सीपयुक्त जनशक्ति प्राप्त गर्न सकिरहेका छैनन् । अर्कोतर्फ नेपाली जनशक्ति श्रम बजारको खोजिमा बाध्यतात्मक रुपले वैदेशिक रोजगारमा जानु पर्ने अवस्था विद्यमान छ ।
यो अवस्थामा रोजगारीको माग, आपूर्ति, सीप विकास तथा रोजगार सम्बन्ध समेतमा देखिएको अन्तरलाई विश्लेषण गर्दै श्रम तथा रोजगारका नयाँ अवसर खोज्न सक्नु पर्दछ । त्यसको लागि क्षेत्रलाई लगानीका लागि वातावरण सिर्जना गरिदिनु पर्छ । ” उनले भने ।

उनले रोजगारी सिर्जनाको “रियल एक्टर” निजी क्षेत्र भएको उल्लेख गर्दै औद्योगिक वातावरण सिर्जना गर्ने नीति नियम बनाउँदा ‘र’, ‘तर’, ‘कमा’ र ‘वा’ को नाममा असहज परिस्थति बन्न नहुेनमा जोड दिए । नेपालको कूल रोजगारीको ८६ प्रतिशत बढि रोजगारी निजी क्षेत्रले सिर्जना गरेको जानकारी दिँदै उनले निजी क्षेत्रले कुनै उद्योग व्यवसायमा लगानी गर्दा त्यसबाट उसले मात्र फाइदा नलिई सरकार तथा स्थानीय बासिन्दालाई समेत फाइदा पुग्ने हुनाले विकास निर्माण,पूर्वाधार विकासमा सरकार,राजनीतिक दल तथा निजी क्षेत्रको एउटै धारणा बन्नु पर्ने बताए ।

नेपाल सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवर्धन दशकको घोषणा गरेको सन्दर्भमा उत्पादन र उत्पादकत्व विस्तार तथा आन्तरिक रोजगारीको आधार खोज्न सरकार र निजी क्षेत्र बिच सहकार्य आवश्यक रहेको समेत अध्यक्ष ढकालले बताए । यस्तै उनले औद्योगिक वातावरण निर्माणका लागि रोजगारदाता र ट्रेड युनियन संगठनका बिच सुमधुर औद्योगिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै महासंघले रोजगारदाता र श्रमिकहरुका बिचमा सुमधुर सम्बन्ध राख्ने गरी कार्य गरिरहेको जानकारी दिए ।

उनले महासंघको पहलमा सरकारले विभिन्न कानूनहरु संशोधन गरी संसदबाट हालै पारित गर्नु सकारात्मक भएको बताउँदै अब छिट्टै नियमावली तथा कार्यविधि ल्याउन सरकारसँग आग्रह पनि गरे । मुलुकको सामाजिक र आर्थिक रुपान्तरणमा नीतिगत र कानुनी सुधारका लागि पृष्ठपोषण लिने तथा नीतिगत र कार्यक्रमगत सुधारका लागि सुझाव प्राप्त गर्न उद्देश्यका साथ आयोजना गरिएको ५औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा लगायतले नेपालको श्रम बजार, चुनौती तथा रोजगारीका अवसरका बारेमा धारणा राखेका थिए ।

विभिन्न प्रदेशका प्रदेशका मुख्यमन्त्रीहरु नेपाल उद्योग वाणिज्य महासंघका, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, महिला उद्यमी महासंघ नेपाललगायत रोजगारदाता संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु तथा विकास नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा विभिन्न विषयमा सोमबार मंगलबार विभिन्न सेशनहरु सञ्चालन हुनेछन ।

GBIME

प्रतिक्रिया दिनुहोस्