Skip to content
Shikhar Insurance
National Life

इजरायल–इरान भिषण लडाई: कुन देशको कति भयो क्षति ?

Hyundai
NCELL
NIMB

काठमाडौं। बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा तीव्र वृद्धिलाई जनाउँदै इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन आक्रमण र प्रत्याक्रमण भएको छ । शुक्रबारदेखि इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमणको ठूलो लहर सुरु गरेपछि इरानी आक्रमणमा इजरायलमा कम्तीमा १० जनाको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय नेताहरूले तनाव कर्म गर्न आग्रह गरे तापनि मध्यपूर्वलाई समेट्न सक्ने लामो द्वन्द्वको डर उत्पन्न गर्दै कट्टर शत्रुहरूले यति तीव्रताका साथ आक्रमण बढाएको यो पहिलो पटक हो ।

पछिल्ला घटनाक्रमहरू : – घातक इरानी आक्रमण

इजरायली आपत्कालीन सेवाका अनुसार इरानले शनिबार रातिदेखि आइतबारसम्म इजरायलमा घातक क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा बालबालिका सहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई सय जना घाइते भएका छन् ।

आइतबार बिहान जेरुसेलम र तेल अभिवमा हवाई आक्रमणको साइरन र धमाकाको आवाज सुनिएको थियो । इजरायली सेनाले लाखौँ इजरायली देशभरि दर्जनौँ सहर र समुदायहरूमा ‘साइरनको आवाजले शरणका लागि भागिरहेको’ बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतका अनुसार इरानमा इजरायली हमलाको पहिलो लहरमा ७८ जनाको मृत्यु भएको र तीन सय २० जना घाइते भएका छन् । तर इरानी अधिकारीहरूले आइतबार बिहानसम्म अद्यावधिक सङ्ख्या प्रदान गरेका छैनन् ।

इरानले इजरायली लडाकू विमानहरूले इन्धन भर्न प्रयोग गर्ने स्थानहरूमा पनि आक्रमण गरेको रिभोलुसनरी गार्ड्सले आइतबार बिहान जनाएको छ । इजरायलले आफ्नो इलाकातर्फ छोडिएका सात ड्रोन रोकेको र इरानमा थप आक्रमण गर्दै आक्रमणहरू रोक्न काम गरिरहेको बताएको छ ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले आइतबार इजरायलमाथि धेरै मिसाइल प्रहार गरेको बताएका छन् । इजरायलले लक्ष्य विस्तार गर्दै – इरानी सैन्य र आणविक सुविधाहरूलाई लक्षित गरेर शीर्ष अधिकारी र वैज्ञानिकहरूको हत्या गरेपछि इजरायलले हवाई प्रतिरक्षा र तेल पूर्वाधारमा लक्ष्य विस्तार गरेको छ ।

इजरायली आक्रमणले तेहरानमा दुईवटा इन्धन भण्डारमा प्रहार गरेको इरानी तेल मन्त्रालयले आइतबार जनाएको छ । एएफपी पत्रकारहरूले इरानी राजधानीको उत्तरपश्चिम सहरानमा रहेका तेल भण्डारहरूमा आगो देखेको रिपोर्ट गरेका छन् ।

शनिबार इजरायली सेनाले तेहरान क्षेत्रमा हवाई प्रतिरक्षालाई लक्षित गरेको आक्रमणको लहर घोषणा गरेपछि इरानमा दर्जनौँ मिसाइल प्रक्षेपकहरूमाथि आक्रमण गरिरहेको बताएको थियो । इरानी समाचार एजेन्सी तस्निमले आइतबार बिहान इजरायली आक्रमणले तेहरानमा रहेको देशको रक्षा मन्त्रालयको मुख्यालयलाई पनि लक्षित गरेको र यसको एउटा भवनलाई क्षति पुर्‍याएको बताएको छ । रक्षा मन्त्रालयले यसबारे टिप्पणी गरेको छैन ।

असफल आणविक कूटनीति

तेहरानले शनिबार संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थासँगको आफ्नो सहयोग सीमित गर्ने वाचा गरेपछि इजरायली आक्रमणमाथि उसको मौनताको आलोचना गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार इजरायलले इरानका आणविक स्थलहरूलाई लक्षित गरेर ‘नयाँ रेखा पार गरेको’ बताएका छन् । “यो पूर्ण रूपमा स्पष्ट छ कि इजरायली शासनले आणविक मुद्दामा कुनै सम्झौता चाहँदैन ।

यो वार्ता चाहँदैन र कूटनीति खोज्दैन”, अराघचीले विदेशी कूटनीतिज्ञहरूलाई भने । उनले शुक्रबार गरिएको आक्रमण ‘कूटनीतिलाई कमजोर पार्ने र वार्तालाई लिकबाट हटाउने प्रयास’ भएको बताए । इरानको आणविक कार्यक्रममा सम्झौतामा पुग्न तेहरान र वासिङ्टनबीच चलिरहेको वार्ताको बीचमा कट्टर शत्रुहरूबीच अहिलेसम्मकै सबैभन्दा भीषण गोलीबारी भएको छ ।

इजरायली आक्रमणअघि दुवै पक्षले आइतबार ओमानमा छैटौँ चरणको वार्ता गर्ने तयारी गरेका थिए । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शनिबार जबसम्म इजरायलले इरानमा आक्रमण जारी राख्छ तबसम्म तेहरानले अमेरिकासँग आणविक वार्तामा भाग नलिने बताए । पश्चिमी सरकारहरूले बारम्बार इरानलाई आणविक हतियार खोजेको आरोप लगाएका छन् । उक्त आरोपलाई इरानले अस्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय चिन्ता

अन्य राष्ट्रहरूले संयम अपनाउन र ठूलो द्वन्द्वविरुद्ध चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शनिबार फोनवार्तामा इरान र इजरायलबीचको द्वन्द्व ‘अन्त्य हुनुपर्छ’ भन्ने कुरामा सहमत भएको बताएका छन् । तर आइतबार बिहान ट्रम्पले इरानलाई तेहरानको आणविक र गुप्तचर सुविधाहरूमा इजरायलको आक्रमणसँग वासिङ्टनको ‘कुनै सम्बन्ध छैन’ भनेर दोहोर्याउँदै यदि इरानले संयुक्त राज्य अमेरिकामा आक्रमण गरेमा उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ अनुभव गर्ने चेतावनी दिए । तेहरानको नजिकको सहयोगी तर इरानको कट्टर शत्रु अमेरिकाको रणनीतिक साझेदार इराकले क्षेत्रीय तनावमा पर्नबाट रोक्नका लागि इरानी र अमेरिकी सरकारलाई सम्पर्क गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्