काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ मा पुगेको हो ।
मंगलबार ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा हरियाली छाएपनि केही कम्पनीका लगानीकर्ता भने निराश भएका छन् । आज दोहोरो अंकले सेयर बजार बढ्दा बाराही हाइड्रोपावर पब्लिकको ७.३९ प्रतिशत, वीन नेपाल लघुवित्तको ३.१९ प्रतिशत, रावा इनर्जी डेभलपमेन्टको २.५४ प्रतिशत सहित ३६ कम्पनीको सेयर घटेको छ ।
प्रतिक्रिया दिनुहोस्