काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
सोमबार ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार ५ सय ७६ कित्ता सेयर किनबेच भएकाे छ । सोमबार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
दोहोरो अंकले सेयर बजार घटेपनि सोमबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड ८३ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार १ सय ३८.९० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्