काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ मा पुगेको हो ।
बुधबार ३ सय १५ कम्पनीको १ करोड ८६ लाख ८० हजार कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार साहस ऊर्जा लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३१ करोड ३५ लाख रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ५ सय ७ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्