Skip to content
Shikhar Insurance
National Life

२४ मेगावाटको सुपरसेती हाइड्रोका लागि जुट्यो लगानी, सानिमा र सिद्धार्थ बैंकले ३ अर्ब ७८ करोड लगानी गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सुपरसेती हइड्रोपावरका लागि लगानी जुटेको छ । २४ मेगावाटको सुपरसेती हाइड्रोमा सानिमा र सिद्धार्थ बैंकले ३ अर्ब ७८ करोड लगानी गर्ने भएको हो ।

जसमा सानिमा बैंकले २ अर्ब ५० करोड र सिद्धार्थ बैंक १ अर्ब २८ करोड लगानी रहेको छ । सम्झौता पत्रमा सुपरसेती हाइड्रोका अध्यक्ष अशोक खड्का र सानिमा बैंकका डेपुटी सिईओ पवन आचार्य तथा सिद्धार्थ बैंकका सिईओ सुन्दर कणेँलले हस्ताक्षर गरेका छन् ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा परियोजनास्थल रहने गरी एसएन इनर्जी लिमिटेडले सुपर सेती जलविद्युत आयोजना (२४ मेगावाट) को २०८१ फाल्गुन १८ बाट निर्माण कार्य प्रारम्भ भएको छ । उर्जालाई खेर जान नदिन कम्पनीले परियोजनालाई निर्माण अवधिभित्र ३० मेगावाटमा स्तरोन्नति गर्ने प्रकृया प्रारम्भ गरिसकेको छ ।

परियोजनाको निर्माण अवधि ३ बर्षको हुने र ३ बर्ष पश्चात २०८४ कार्तिकबाट उत्पादन शुरु गर्ने लक्ष्य रहेको छ । हाल परियोजनाको निर्माण कार्य द्रुततर गतिमा अघि बढिरहेको छ । यस परियोजनाको निर्माण लागत कुल ५०४ करोड रहेको छ भने प्रति मेगावाट लागत २१ करोड रहेको छ । तर स्तरोन्नति पश्चात प्रति मेगावाट लागत करिब २ करोडले घटेर प्रति मेगावाट रु।१९ करोड हुने कम्पनीको अनुमान रहेको छ ।

परियोजना निर्माण र संचालनको लागि आवश्यक पर्ने पूँजीको ब्यवस्थापन २५५ संस्थापक लगानीकर्ताहरुबाट र ७५५ बैंक कर्जाबाट गरिनेछ । निश्चित समयावधी पश्चात यस परियोजनाका स्थानीय बासिन्दा तथा सेयरको प्रारम्भिक निष्काशन पश्चात आम सर्वसाधारण नागरिकहरुले शेयरधनीको रुपमा अपनत्व ग्रहण गर्न पाउने छन् ।

आयोजनाको संस्थापक लगानीकर्ताहरुमा देशको प्रतिष्ठित निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले हाल कायम पूँजीको २० प्रतिशत लगानी गरी परियोजनाको प्रवर्द्धन गरेको छ भने अन्य लगानीकर्ताहरुमा उर्जा विकासमा लामो अनुभव हासिल गरेका सफल उर्जा उद्यमीहरु रहेका छन् । जसमा अन्य जलविद्युत परियोजनाहरुको सफल संचालन गरी सकेको अनुभव छ ।

यस कम्पनीको संचालक समितिको अध्यक्षमा नेको इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्‌काले प्रतिनिधित्व गरिरहेका छन् । नेको इन्स्योरेन्सको लगानी तथा उर्जा क्षेत्रको अनुभवी ब्यक्तित्वले नेतृत्वदायी भुमिका रहेको हुँदा आयोजनाको निर्माण कार्य अनुमानित लागतमा तोकिएको अवधि भित्र पुरा भै उत्पादन कार्य प्रारम्भ हुनेमा विश्वस्त हुन सकिन्छ ।

उत्पादन प्रारम्भ भएपछि त्यसको राष्ट्रिय वितरण प्रणालीमा जोड्ने योजना सुनिश्चित भै सकेको र नेपाल विद्युत प्राधिकरणसँग उर्जा खरीद सम्झौता समेत सम्पन्न भइ सकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्