Shikhar Insurance
National Life

‘देशको आर्थिक क्षेत्रमा टेवा पुर्याउने उत्पादनशिल क्षेत्रमा लगानी विस्तार गर्दै लैजानुपर्छ’ अध्यक्ष थापा

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार ११:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष सूर्य बहादुर थापाले देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि, पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै लैजानुपर्ने बताएका छन् । सोमबार नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘भोलिका दिनमा देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि पर्यटन उर्जा, भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने देखिएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोष स्थापना देखिनै निरन्तर नाफामा सञ्चालन भइरहनु प्रत्येक वर्ष सहभागी सङख्या वृद्धि हुनु नै कोषको सफलताको अधार भएको उनको भनाइ छ । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा कोषहरुको उपयोग हुन नसकेको बताए ।

उनले भने,‘रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरु आम जनतालाई सन्देश दिनुपर्ने त्यतिकै खाँचो छ । तर हामीसँग भएको कोषहरुको उपयोग गर्न सकिएको छैन ।’ उनले कोषहरुलाई विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सृजना गर्ने क्षेत्रमा जाने हिसाबले अगाडि जान आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्