Skip to content
Shikhar Insurance
National Life

‘विकास निर्माणमा गरिएको लगानीले उत्पादनलाई वृद्धी गर्न सक्नुपर्छ’ मन्त्री दाहाल

Hyundai
NCELL
NIMB

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको बताएका छन् । झापाको मेचीनगर क्षेत्रमा सडकहरुको बिहिबार निरीक्षणका क्रमका उनले विकास निर्माणमा गरिएको प्रत्येक लगानीले उत्पादन र उत्पादकत्वलाई वृद्धी गर्न सक्नु पर्ने बताएका हुन् ।

‘राज्यले वर्षेनी विकासका लागि अर्बौको लगानी गर्ने गरेको छ’ मन्त्री दाहालले भने, ‘तर त्यो गरिएको लगानी अनुसारको प्रतिफल प्राप्त भई रहेको छ कि छैन भनेर विश्लेषण गर्न पनि जरुरी छ ।’ सडक सञ्जालको पहुँचले यातायातको सुविधा मात्र पुग्ने नभई ग्रामिण उपजहरु सहजै बजार सम्म पुग्ने र स्थानीयबासिन्दाको जीवन स्तरमा पनि सुधार हुने उनले विश्वास व्यक्त गरे ।

सरकारले ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउने, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने, उत्पादनलाई बजार सम्म ल्याउन सघाउ पुर्‍याउने तथा ठुलो जनसंख्यालाई लाभ हुने योजनाहरुलाई प्राथमिकता दिने समेत बताए ।

लामो समय सम्म अलपत्र भएका तथा रुग्ण भएकाले हुन लागेका योजनाहरुको पहिचान गरि समस्या समाधान तर्फ जोड दिँदै आएको उल्लेख गर्दै मन्त्री दाहालले धेरै आयोजनाहरु थप्नु भन्दा थालिएका र अलपत्र भएका योजनाहरु पूरा गर्न जरुरी भएको पनि बताए ।

मन्त्री दहालले सुके निन्दा खोलामा निर्माण अवरुद्ध भएको पुलकों निर्माण प्रक्रिया अघी बढ़ाउन सड़क डीभीजन कार्यालय दमकका प्रमुख श्याम कुमार यादवलाई निर्देशन दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्