Shikhar Insurance
National Life

नेप्से सिइओ छनोटको अन्तर्वार्ता सकियो, तीन जनाको नाम मन्त्रिपरिषदमा पेश हुँदै

सिंहदरबार संवाददाता
२०८१ चैत्र ६, बुधबार १२:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटको अन्तर्वार्ता सकिएको छ । अर्थ मन्त्रालयको सुवर्ण हलमा सर्टलिस्टिङमा परेका पाँच जनाले व्यावसायिक कार्ययोजना र अन्तर्वार्ता दिएका हुन् ।

छनोट समितिले व्यवसायिक कार्ययोजनामा धेरै नम्बर ल्याउने तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ । सिइओ नियुक्तिका लागि चुडामणी चापागाई, नारद कुमार लुइटेल, पुर्ण प्रसाद आचार्य,बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सर्टलिष्टिङमा परेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिइओ बन्न  १० जनाले आवेदन पेश गरेका थिए । जसमा पूर्ण प्रसाद आचार्य इलाम, बद्रि प्रसाद प्याकुरेल नुवाकोट, नारद कुमार लुइटेल सर्लाही, युवराज दाहाल झापा, प्रविण अधिकारी काभ्रेपलाञ्चोकले आवेदन दिएका थिए ।

त्यस्तै, चुडामणी चापागाई झापा, बिमल कुमार तिवारी सिराहा, कृष्ण बहादुर कार्की पाल्पा, हेमन्त बश्याल पाल्पा, मुकन्द राज जोशी डडेलधुराको आवेदन परेको थियो ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्