Skip to content
Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो, कुन बैंकको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले जेठ महिनाको तुलनामा असारमा औषत ०.०५ प्रतिशतले ब्याजदर घटाएका हुन् ।

जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५.९५२ प्रतिशत रहेकोमा असार महिनामा ०.०५ प्रतिशतले घटेर ५.९०२ प्रतिशतमा झरेको हो ।

असार महिनाका लागि १५ बैंकले जेठ महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् भने ५ बैंकले मात्रै ब्याजदर घटाएका छन् । एनएमबि बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, कुमारी बैंकले असारमा ब्याजदर घटाएका छन् ।

असारका लागि एनएमबि बैंकले व्यक्तिगततर्फ ब्याजदर ६ प्रतिशत, एभरेष्ट बैंकले ६.५५ प्रतिशत र एनआईसी एशिया बैंकले ६.५५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरु भने कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् । यी दुई बैंकहरुको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्