Shikhar Insurance
National Life

बीमा प्राधिकरणका अधिकृतहरु सविता थापा र रन्जिता केसी उप-निर्देशकमा बढुवा

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ४, आईतवार १४:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा प्राधिकरणका २ जना अधिकृत निर्देशकमा बढुवा भएका हुन् । फागुन ३ गते भएकाे निर्णय अनुसार प्राधिकरणका कानुन शाखाका अधिकृतहरु सविता थापा र रन्जिता केसी उप-निर्देशकमा बढुवा भएका हुन् ।

प्राधिकरणको निर्देशकलाई उप-सचिव वा सो सरह मानिन्छ । आन्तरिक मूल्यांकनमा सविता थापाले ८१.९७६ र रन्जिता केसीले ८१.६६ अंक ल्याएर बढुवा भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राधिकरणले कर्मचारीहरु बढुवाका लागि विज्ञापन नम्बर ४/२०८१-८२ बाट २ जनाको आवेदन माग गरेका थिए ।

उम्मेदवारहरुको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमवापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने २ जनालाई बढुवा गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्